के कसैले यो डिभाइस जाँच्ने गर्छ? यो पेज प्राइभेट विन्डोमा खोल्नुहोस्। द्रुत निकास थिच्नेबित्तिकै तपाईं साइटबाट बाहिरिनुहुन्छ। द्रुत निकास

डिजिटल सुरक्षाका साधन, जसलाई चाहिन्छ उनीहरूसँगै मिलेर बनाइएको।

Joliro निजी साधनहरूको एउटा सेट हो, ती मानिसका लागि जसका पार्टनर वा पूर्व पार्टनरले प्रविधि प्रयोग गरेर उनीहरूमाथि निगरानी, ट्र्याक वा नियन्त्रण गरिरहेका छन्। Digital Safeguard Centre ले यो 14,000 भन्दा बढी फोन र खाताको अडिटबाट बनाएको हो। जोखिम जाँच र इमेल ठेगाना निःशुल्क छन्। रेफरल चाहिँदैन। पर्खनु पनि पर्दैन।

तपाईंको मनमा जुन प्रश्न छ, त्यहीँबाट सुरु गर्नुहोस्

दैनिक चलाइने प्रविधि निगरानीमा परेको मान्छेलाई सोचेर बनाइएको होइन।

धेरैजसो मानिस आफ्नो इमेल, क्लाउड स्टोरेज र क्यालेन्डरलाई केही नसोची विश्वास गर्छन्। दुर्व्यवहार सहेर बाँचिरहेको व्यक्तिका लागि भने तिनै साधन भित्र पस्ने बाटो बन्छन्। एउटा पासवर्ड थाहा भएको, वा रिसेट कोड आउने फोन हातमा भएको पार्टनरले लगभग सबै कुरामा पहुँच पाउन सक्छन्।

Joliro ती सबैबाट अलग बस्छ। सबै कुरा एउटै खाताभित्र हुन्छ, त्यो व्यक्तिलाई थाहा भएका इमेल, क्लाउड र क्यालेन्डर खाताबाट छुट्टै।

के मलाई ट्र्याक गरिँदै छ?

मेरो फोन ट्र्याक भइरहेको छ, कि यो मेरो मनको भ्रम मात्र हो?

यो प्रश्नले राम्रो जवाफ पाउनुपर्छ। joliroRisk ले तपाईंको फोन, तपाईंका खाता र के के भइरहेको छ भन्नेबारे सोध्छ, अनि जोखिम कहाँ छ र तपाईं नजिकका कुन सेवाले सबैभन्दा राम्ररी सहयोग गर्न सक्छन् भनेर देखाउँछ। यो निःशुल्क छ, नाम खुलाउनु पर्दैन। 27 भाषामा चल्छ।

यसले कसरी काम गर्छ

  1. तपाईं मुख्य जानकारीको एउटा पेज पढ्नुहुन्छ र आफ्नो भाषा छान्नुहुन्छ।
  2. हाम्रो एआई सहायक FrancesAI ले के के भइरहेको छ भनेर सोध्छ। सुरु गर्ने कुनै गलत तरिका हुँदैन।
  3. तपाईंले जोखिमको स्तर, त्यसका कारण र तपाईं बस्ने ठाउँका सबैभन्दा उपयुक्त सहयोग सेवाहरूको जानकारी पाउनुहुन्छ। रिपोर्ट सेभ गर्न सकिन्छ।

यसले के गर्दैन

  • तपाईंको फोन छुँदैनFrancesAI तपाईंको फोन वा खातासँग जोडिँदैन। तपाईंले जे भन्नुहुन्छ, यसलाई त्यति मात्र थाहा हुन्छ।
  • मान्छेको ठाउँ लिँदैनयो कानुनी, चिकित्सकीय वा सङ्कटकालीन सल्लाह होइन, र एआई गलत हुन सक्छ। महत्त्वपूर्ण कुरा जे भए पनि कुनै विज्ञसँग रुजु गर्नुहोस्।
  • तपाईं को हो भनेर सोध्दैनखाता छैन, साइन इन पनि छैन। एआईको निगरानी गर्न हामी हरेक सत्रको रेकर्ड 30 दिन राख्छौं, अनि मेट्छौं, कानुनले त्योभन्दा लामो समय राख्नुपर्ने बनाएको अवस्थामा बाहेक। चाहिने जति मात्र भन्नुहोस्।

सुरु गर्नुअघि

त्यो व्यक्तिले खोल्न नसक्ने डिभाइस चलाउनुहोस्, र सकिन्छ भने प्राइभेट विन्डो। अरू कसैले यो डिभाइस खोल्न सक्छ भने तपाईंले टाइप गरेको कुरा उसले देख्न सक्छ।

केसवर्करहरूका लागि

क्लाइन्ट सहमत भएपछि केसवर्करले क्लाइन्टसँगै बसेर joliroRisk चलाउँछन्। यो 550 भन्दा बढी वास्तविक अडिटबाट विकास गरिएको ढाँचामा आधारित छ, र सहयोगको सही बाटो पहिचान गर्न मद्दत गर्छ।

जोखिम जाँच सुरु गर्नुहोस् risk.joliro.org खुल्छ। खाता चाहिँदैन।

के त्यो मेरो फोनमै छ?

धेरैजसो ट्र्याकिङ स्पाइवेयरबाट हुँदैन।

मानिसले कल्पना गरेजस्तो ह्याकिङ यो बिरलै हुन्छ। यो त सबैले चलाउने साधारण प्रविधिमै चल्छ: साझा खाता, Find My, गाडीका एप र शरीरमा लगाइने डिभाइस, जुन सम्बन्ध राम्रो हुँदा सेट गरिएका थिए र पछि कहिल्यै छाडिएनन्। भाइरस स्क्यानले यीमध्ये केही पनि भेट्दैन। joliroDetect ले तपाईंलाई आफ्ना डिभाइस, खाता, एप र स्मार्ट होम एक एक गरी हेर्न बाटो देखाउँछ। एक पटक चलाउँदा प्रति डिभाइस $10 लाग्छ।

joliroDetect ले के खोज्छ

joliroDetect बाटो देखाउँदै गरिने अडिट हो। यसले डिभाइस, खाता, एप र क्लाउड सेवालाई क्रमैसँग हेर्छ, र अरू कसैलाई पहुँच दिने साधारण कुराहरू खोज्छ: अझै साझा रहेको खाता, खुलै छाडिएको लोकेसन सेयरिङ, गाडीको एप, घडी।

जाँच चुपचाप चल्छ

डिभाइसमा निगरानी गरिरहेको हुन सक्ने कसैलाई पनि थाहा नदिई चल्ने गरी यो अडिट बनाइएको छ। सकिएपछि यसले प्रहरी वा सहयोगकर्मीका लागि रिपोर्ट तयार गर्न सक्छ।

कति पर्छ

एक पटक चलाउँदा प्रति डिभाइस $10 लाग्छ। महिनाको $8 पर्ने Essentials योजनामा हरेक महिना तीन पटक चलाउन पाइन्छ।

मान्छेले नै गरिदिए हुन्थ्यो जस्तो लाग्छ?

अस्ट्रेलियामा Digital Safeguard Centre ले Digital Safety Audit गर्छ: आघात (ट्रमा) बुझेका विशेषज्ञसँग 90 देखि 120 मिनेट, र अन्त्यमा लिखित रिपोर्ट।

अस्ट्रेलियामा Digital Safety Audit

निःशुल्क खाता खोल्नुहोस् joliroDetect तपाईंको Joliro खाताभित्रै चल्छ।

प्रमाण कसरी जोगाउने?

सुटुक्क मेट्न नसकिने प्रमाण।

फोनमा राखेका स्क्रिनसट र म्यासेज मेटिन सक्छन्, फेरिन सक्छन्, वा पछि तिनमाथि प्रश्न उठ्न सक्छ। joliroDiary ले हरेक घटना प्रमाणित मिति र समयको छापसहित टिप्छ, तपाईंको पार्टनरलाई थाहा भएका खाताभन्दा अलग राखिएको खाताभित्र। घटना हुँदै जाँदा तपाईं रेकर्ड बनाउँदै जानुहुन्छ। वकिल, प्रहरी वा अदालतले माग्दा त्यो तयार हुन्छ।

  • यसमा के के राखिन्छघटना, म्यासेज र स्क्रिनसट, जुन क्रममा भएका हुन् त्यही क्रममा। हरेक इन्ट्रीमा समयको छाप आफैं लाग्छ, त्यसैले महिनौंपछि कसैले सम्झनाको भर पर्नु पर्दैन।
  • कसले पढ्न सक्छतपाईंले मात्र। joliroDiary ले तपाईंकै नियन्त्रणमा रहने इन्क्रिप्सन प्रयोग गर्छ। Digital Safeguard Centre ले तपाईंका इन्ट्री डिक्रिप्ट गर्न सक्दैन, संस्थाभित्रबाट पनि सक्दैन।
  • रेकर्ड किन टिक्छहरेक इन्ट्री तपाईंले लेखेकै क्षणमा स्थिर हुन्छ। joliroDiary को पछाडि रहेको, पेटेन्ट प्रक्रियामा रहेको प्रविधि ChainFS लाई University of Canberra ले स्वतन्त्र रूपमा समीक्षा गरेको छ।
  • कति पर्छjoliroDiary महिनाको $8 पर्ने Essentials योजनामा पर्छ। घरेलु तथा पारिवारिक हिंसासम्बन्धी केही सेवाले आफूले सहयोग गर्ने मानिसका लागि Joliro को शुल्क तिरिदिन्छन्। आफ्नो केसवर्करलाई सोध्नुहोस्।

joliroDiary ले तपाईंको रेकर्ड राख्छ। यो कानुनी सल्लाह होइन। आफ्नो मुद्दामा यो रेकर्ड कसरी प्रयोग गर्ने भनेर वकिल वा आफ्नो केसवर्करलाई सोध्नुहोस्।

सुरक्षित भएर कुरा कहाँ गर्ने?

खाता रिकभरीले खोल्न नसक्ने इमेल ठेगाना।

पुरानो फोन नम्बरसँग जोडिएको नयाँ इमेल खाता त्यो नम्बर जसको हातमा छ, उसैले फेरि खोल्न सक्छ। नयाँ सुरुआत यसरी नै बिग्रन्छ। joliroMail ले तपाईंलाई एउटा @joliro.org ठेगाना दिन्छ, जहाँ Google, Microsoft वा अरू कुनै पनि सेवाको खाता रिकभरीबाट पुग्न सकिँदैन। यो निःशुल्क छ।

  • नयाँ ठेगाना मात्र किन प्रायः पुग्दैनधेरैजसो इमेल सेवाले फोन नम्बर वा दोस्रो ठेगानाबाट तपाईंलाई फेरि भित्र पस्न दिन्छन्। त्यो फोन तपाईंको पार्टनरको हातमा छ वा त्यो ठेगाना उनलाई थाहा छ भने रिसेट उनी आफैंले माग्न सक्छन्। नयाँ खाता तपाईंका लागि जति सजिलै खुल्छ, उनका लागि पनि उत्तिकै सजिलै खुल्छ।
  • मानिसहरू यो केका लागि चलाउँछन्गोप्य रहनैपर्ने कुराकानीका लागि: केसवर्कर, वकिल, अदालतसँग।
  • कति पर्छकेही पर्दैन। joliroMail निःशुल्क छ, र निःशुल्क नै रहन्छ।
  • कहाँ खोल्नेत्यो व्यक्तिले खोल्न नसक्ने डिभाइसमा साइन इन गर्नुहोस्। निजी ठेगाना त्यति मात्र निजी हुन्छ, जति त्यो खोल्ने डिभाइस निजी हुन्छ।

निःशुल्क खाता खोल्नुहोस्

कति पर्छ

joliroRisk, joliroMail र joliroStatus निःशुल्क छन्, र निःशुल्क नै रहन्छन्। joliroDetect एक पटक चलाउँदा प्रति डिभाइस $10 लाग्छ। प्रमाण डायरी भएका योजना महिनाको $8 बाट सुरु हुन्छन्। घरेलु तथा पारिवारिक हिंसासम्बन्धी केही सेवाले आफूले सहयोग गर्ने मानिसका लागि Joliro को शुल्क तिरिदिन्छन्, त्यसैले आफ्नो केसवर्करलाई सोध्नुहोस्।

योजनाहरू हेर्नुहोस्

कसले बनाएको हो

हामी Digital Safeguard Centre हौं। 2022 देखि हाम्रा विशेषज्ञहरूले तीन देशका 165 घरेलु तथा पारिवारिक हिंसासम्बन्धी संस्थासँग मिलेर 14,000 भन्दा बढी फोन र खाता अडिट गरेका छन्। त्यही काम गर्दा हामीले जे सिक्यौं, Joliro त्यही हो: एक जना मान्छेले एक्लै चलाउन सक्ने साधन, 27 भाषामा।

2026 मा सेन्टरले Australian AI Awards को AI Innovator, Cyber Security (साइबर सुरक्षामा एआई नवप्रवर्तक) विधामा पुरस्कार जित्यो।

Joliro बारे थप

Joliro आपत्कालीन सेवा होइन। तपाईं अहिले नै खतरामा हुनुहुन्छ भने आफ्नो ठाउँको आपत्कालीन नम्बरमा फोन गर्नुहोस्। अस्ट्रेलियामा त्यो नम्बर 000 हो।

कहाँबाट सुरु गर्ने थाहा भएन?

जोखिम जाँचबाट सुरु गर्नुहोस्। यो निःशुल्क छ, खाता खोल्नु पनि पर्दैन।